दफा २६
अनुमतिपत्रमा संशोधन
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले प्राप्त गरेको अनुमतिपत्रमा उल्लिखित कुनै कुरा संशोधन गर्न आवश्यक देखेमा त्यसको कारण समेत खुलाई प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदनमा अनुमतिपत्रमा संशोधनको लागि दिइएको कारण मनासिब र उचित भएमा प्राधिकरणले त्यस्तो निवेदन प्राप्त भएको तीस दिनभित्र अनुमतिपत्रमा मुलभूत कुरामा फरक नपर्ने भए संशोधन गरिदिनु पर्नेछ र अनुमतिपत्रमा त्यसरी संशोधन गर्न उपयुक्त नदेखेमा कारण सहितको सूचना निवेदकलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम अनुमतिपत्रमा संशोधन गर्न तोकिए बमोजिमको दस्तुर प्राधिकरणमा बुझाउनु पर्नेछ ।
(४) प्राधिकरणले कुनै अनुमतिपत्रमा उल्लिखित कुनै कुरा संशोधन गर्न आवश्यक देखेमा त्यसको कारण सहितको सूचना सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई दिन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम सूचना प्राप्त भएपछि अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो अनुमतिपत्रमा त्यसरी संशोधन गर्न आवश्यक नदेखेमा त्यसको कारण समेत खुलाई त्यस्तो सूचना प्राप्त भएको पन्ध्र दिनभित्र प्राधिकरण समक्ष निवेदन दिन सक्नेछ ।
(६) उपदफा (५) बमोजिमको निवेदन प्राप्त भएपछि वा सो म्याद समाप्त भएपछि प्राधिकरणले अनुमतिपत्रमा संशोधन गर्ने वा नगर्ने कुराको निर्णय गरी त्यसको सूचना अनुमतिपत्र प्राप्त व्यक्तिलाई दिनु पर्नेछ ।